गोरखा-२ : अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

हिमाल प्रेस २२ फागुन २०८२ २०:१० | Friday, March 6, 2026
30
SHARES
गोरखा-२ : अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

गोरखा- प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पुर्‍याएका हुन्।

अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै आएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार न्यौपानेले ४१२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ३६१ र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले १५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासले जानकारी दिए। मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ २०:१० | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast