गोरखा १ अपडेट : कांग्रेसको अग्रताले सुदन गुरुङ दोस्रो हुँदा आरसी लामिछाने चौथोमा

हिमाल प्रेस २४ फागुन २०८२ ८:५८ | Sunday, March 8, 2026
38
SHARES
गोरखा १ अपडेट : कांग्रेसको अग्रताले सुदन गुरुङ दोस्रो हुँदा आरसी लामिछाने चौथोमा

काठमाडौँ- गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् । खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका सुदन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन्। नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

 

प्रकाशित: २४ फागुन २०८२ ८:५८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast