सुनको भाउ ५ हजारले बढ्यो

हिमाल प्रेस १५ चैत २०८२ ११:३२ | Sunday, March 29, 2026
12
SHARES
सुनको भाउ ५ हजारले बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो।

१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि बढ्यो

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १५ चैत २०८२ ११:३२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast