सुनको भाउ २ हजार घट्यो

हिमाल प्रेस २८ फागुन २०८२ ११:०८ | Thursday, March 12, 2026
4
SHARES
सुनको भाउ २ हजार घट्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदी तोलामा २०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रकाशित: २८ फागुन २०८२ ११:०८ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast