गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने

हिमाल प्रेस २७ फागुन २०८२ ६:४९ | Wednesday, March 11, 2026
16
SHARES
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन मन्त्रिपरिषद्मा पेस हुने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ- जेनजी आन्दोलनको घटनालाई छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ। जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ।

सोही प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो। बैठकमा प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ। आवश्यक कार्यान्वयनका लागि त्यही दिन निर्णय गर्नसक्ने प्रधानमन्त्रीको सचिवालयको दाबी छ। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार नयाँ सरकार गठन गर्नुभन्दा पहिलै प्रतिवेदन कार्यान्वयनमा आउनेछ।

मन्त्रिपरिषद् बैठक बुधबार या बिहीबार बस्ने तयारी गरिएको बताइन्छ। बालुवाटार निकट अर्को स्रोतले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री र केही मन्त्रीहरूले प्रतिवेदनबारे अध्ययन गरिरहेका छन्।

नयाँ सरकार गठनअघि नै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताइएको छ।

प्रकाशित: २७ फागुन २०८२ ६:४९ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast