कास्की-१ मा रास्वपाका गनेश अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ १६:४५ | Friday, March 6, 2026
12
SHARES
कास्की-१ मा रास्वपाका गनेश अगाडि

पोखरा- कास्की-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) ले अग्रता कायमै राखेका छन्। उनले हालसम्मको मतगणनामा ८ हजार १२९ मत प्राप्त गरेका छन्।

यसै गरी नेकपा (एमाले) का उम्मेदवार वैनबहादुर क्षेत्री (अधिकारी) ले ४ हजार ८२६ मत ल्याएका छन्। नेपाली कांग्रेसका तिलक रानाभाटले ४ हजार ३६१ मत ल्याएका छन्।

कास्की २ र ३ मा समेत रास्वपाका उम्मेदवार नै फराकिलो मतान्तरले अघि छन्।

कास्की १ को मतगणना पोखरा १२, वडा कार्यालयको भवनमा बिहीबार रातिदेखि जारी छ। कास्की १ मा २०७४ र ०७९ को निर्वाचन एमालेले जितेको थियो।

प्रकाशित: २२ फागुन २०८२ १६:४५ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast