कास्की १ मा रास्वपाका गनेश निर्वाचित

हिमाल प्रेस २३ फागुन २०८२ १२:४३ | Saturday, March 7, 2026
6
SHARES
कास्की १ मा रास्वपाका गनेश निर्वाचित

पोखरा- कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन्। उनी २८ हजार ६६९ को फराकिलोसहित निर्वाचित भएका हुन्। उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए ।

एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले १० हजार ४२९ मत ल्याए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राजकाजी गुरुङको २ हजार ४७९ मत छ। श्रम संस्कृति पार्टीका बिलबहादुर तमाङ लामाले १ हजार १४१, राप्रपाका बाबुराम थापाले ९७८, उज्यालो नेपालकी मनीषा द्वाले ६७०, मंगोल नेशनल अर्गनाइजेशनका श्रीमान थापाले १०९ मात्र मत ल्याए । कास्की १ मा एक जना स्वतन्त्रसहित १७ जना उम्मेदवार रहेकामा अन्य उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।

कुल १ लाख १६ हजार ८७८ मतदातामध्ये बिहीबारको मतदानमा ७० हजार १५० मत खसेको थियो । तीमध्ये ६७ हजार ४१० सदर र २ हजार ७४० मत बदर भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ। कास्की २ र ३ मा पनि रास्वपाका उम्मेदवार फराकिलो मतान्तरका साथ जित हासिल गरिसकेका छन् । कास्की २ मा रास्वपाका उत्तम पौडेल र कास्की ३ मा बिना गुरुङ निर्वाचित भएका हुन्।

प्रकाशित: २३ फागुन २०८२ १२:४३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast