प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

हिमाल प्रेस २६ फागुन २०८२ ६:४८ | Tuesday, March 10, 2026
14
SHARES
प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले देशभरका सबै क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आयोगले मुद्दा परेका कारण आफ्नो वेबसाइटमा धनुषा १ को अन्तिम नतिजा नराखेपनि नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचन अधिकृतको कार्यालयले भने प्रमाण पत्र दिइसकेको छ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हासिल गर्दै प्रत्यक्षतर्फ १२५ सिट जितेर मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ। समानुपातिक मतसमेत जोड्दा उक्त पार्टीले दुई तिहाइ नजिक सिट जित्ने देखिएको छ ।

आयोगको तथ्यांक अनुसार रास्वपाले हालसम्म समानुपातिकतर्फ ४८ लाख १४ हजार ५ सय ४२ मत प्राप्त गरेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जित निकालेको छ। कांग्रेसले समानुपातिकतर्फ १६ लाख २० हजार ५ सय ५९ मत प्राप्त गरेको छ। नेकपा ९एमाले० भने यसपटकको निर्वाचनमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ। एमालेले प्रत्यक्षतर्फ ९ सिटमा चित्त बुझाउँदै समानुपातिकतर्फ १३ लाख ४९ हजार ४ सय ५० मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ निर्वाचन क्षेत्रमा जित निकाल्दै चौथो स्थान सुरक्षित गरेको छ। उसले समानुपातिकतर्फ ७ लाख ३३ हजार ६ सय १० मत प्राप्त गरेको निर्वाचन आयोगले उल्लेख छ।

नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले पनि संसद्मा आफ्नो उपस्थिति बलियो बनाएको छ। सो पार्टीले प्रत्यक्षतर्फ ३ सिट जित्दै समानुपातिकतर्फ ३ लाख ४१ हजार ८३ मत पाएको छ। यसैगरी राप्रपा र स्वतन्त्र उम्मेदवारहरूले १र१ सिटमा जित हासिल गरेका छन् । जसअनुसार राप्रपाले समेत थ्रेसहोल्ड कटाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी छ ।

प्रकाशित: २६ फागुन २०८२ ६:४८ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast