बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बुटवलमा मतदान जारी छ। बुटवलकाे सबैभन्दा धेरै मतदाता रहेकाे वडा नं. ११ मा मतदाताहरुकाे उत्साहजनक सहभागिता रहेकाे छ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे छ। विहान ७ बजेदेखि मतदान जारी छ। केही क्षेत्रमा वृद्धदेखि शारीरिक अशक्तहरुले समेत मतदानमा भाग लिएका छन्।
‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भईरहेकाे छ। बुटवलमा पनि मतदाताकाे उत्साह देखिएकाे छ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो।

प्रकाशित: २१ फागुन २०८२ १६:३६ | Thursday, March 5, 2026
प्रतिक्रिया






