समानुपातिकमा पनि रास्वपा अगाडि, कुन दलको कति?

हिमाल प्रेस २३ फागुन २०८२ १२:०४ | Saturday, March 7, 2026
34
SHARES
समानुपातिकमा पनि रास्वपा अगाडि, कुन दलको कति?

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पाटीले अग्रता लिएको छ। निर्वाचन आयोगका अनुसार ८४ हजार ९२ मत गन्दा रास्वपाले ४६ हजार ४७ मत पाएको हो।

यसैगरी नेपाली कांग्रेस १४ हजार तीन सय ३३ मतका साथ दोस्रो स्थानमा छ भने एमाले आठ हजार ६ सय १० मतसहित तेस्रो स्थानमा छ। राप्रपाले पाँच हजार चार सय ४२ मत पाएको छ।

जारी मत गणनामा नेकपाले तीन हजार चार सय १० मत पाएको छ।

समानुपातिकको सिट बाँडफाँट कसरी?

कुनै पनि दलले समानुपातिकमा सिट पाउन सदर मतको ३ प्रतिशत मत ल्याएको हुनुपर्छ।  यसरी ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूको सदर मतलाई यकिन गरेर प्रतिनिधिसभातर्फको ११० सिट बाँडफाँट हुन्छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० र अनुसूची २ मा समानुपातिक सिटको प्रावधान छ।

मत परिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्धतिले शृंखलाबद्ध रुपमा भाग गरिनेछ। यसअनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ। (उदाहरण : १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ। भागफल प्राप्त भएपछि सिट संख्याहरू ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ। यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सिटको बाँडफाँट गरिनेछ।

यसलाई यसरी बुझ्न सकिन्छ- थ्रेस होल्ड कटाएका दलहरूले प्राप्त गरेको मत संख्यालाई लहरै राखेर प्रत्येकलाई पालैपालो १ देखि क्रमशः बिजोर संख्याले भाग गरिन्छ। दलहरूले प्राप्त गरेको मत संख्यालाई १, ३, ५, ७, ९, ११ लगायत बिजोर संख्याहरूले क्रमशः भाग लगाइन्छ। यसरी क्रमशः ११० सिट बराबरका बिजोर संख्याले भाग गर्ने आयोगले जनाएको छ।

यसरी दलहरूले प्राप्त गरेको मतलाई बिजोर अंकले भाग लगाउने पद्धतिलाई ‘सेन्ट लग’ विधि भनिन्छ। उक्त विधिअनुसार सिट संख्या भाग लगाउँदा धेरै मत पाउने दलले पहिलो सिट र त्यसपछि अन्य दलले क्रमशः सिट पाउँदै जान्छन्।

यसरी सिट बाँडफाँट गरिसकेपछि कुन दलले कति सिट प्राप्त गर्‍यो भन्ने जानकारी निर्वाचन आयोगले सम्बन्धित दललाई दिन्छ। अनि दलहरू बन्दसूचीका आधारमा उम्मेदवारहरूको नाम पठाउनुपर्छ।

प्रकाशित: २३ फागुन २०८२ १२:०४ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast