मर्स्याङ्दी ड्याममा वृद्ध मृतावस्थामा फेला

हिमाल प्रेस २ चैत २०८२ ११:५२ | Monday, March 16, 2026
10
SHARES
मर्स्याङ्दी ड्याममा वृद्ध मृतावस्थामा फेला

लमजुङ- लमजुङस्थित बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन्।

बेँसीसहर नगरपालिका–११ चितीका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए। उनले भने, ‘मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गर्नुभएको छ ।’

मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ। उनका अनुसार सो दिन घरबाट बेँसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो ।

धनबहादुरको शवपरीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ । यस घटनामा थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रकाशित: २ चैत २०८२ ११:५२ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast