नेकपा एमाले अध्यक्ष दीपक धामी।
काठमाडौँ- डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार ६८ वर्षीय खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामी १४ हजार एक सय १० मत ल्याएका छन्। उनी एमाले निकट अखिलका अध्यक्ष हुन्। रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्का १३ हजार २ सय ७० मत ल्याएका छन्।
प्रकाशित: २३ फागुन २०८२ ११:४० | Saturday, March 7, 2026
प्रतिक्रिया





