‘चलचित्रमा नारी’ नामक तीनदिने कार्यक्रम गर्दै विकास बोर्ड

हिमाल प्रेस २४ फागुन २०८२ १६:५३ | Sunday, March 8, 2026
34
SHARES
‘चलचित्रमा नारी’ नामक तीनदिने कार्यक्रम गर्दै विकास बोर्ड

काठमाडौँ- चलचित्र विकास बोर्डकाे महिला सशक्तिकरण समितिले ‘चलचित्रमा नारी’ नामक तीनदिने कार्यक्रम गर्ने भएको छ। विकास बोर्डले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक सूचना जारी गर्दै कार्यक्रमबारे जानकारी दिएको हो।

कार्यक्रम यही फागुन २८ देखि ३० गतेसम्म चल्ने सुचनामा उल्लेख छ। सूचनाअनुसार कार्यक्रमको पहिलो दिन तीन दशक अघिको फिल्म ‘कुमारी’ प्रदर्शन गरिनेछ।

साथै अन्तिम दिन साहित्यकार झमककुमारी घिमिरेको जीवनकथामा आधारित फिल्म ‘जीवन कांडा कि फूल’ देखाइनेछ। फिल्म हेर्न प्रवेश निःशुल्क गरिएको सूचनामा भनिएको छ।

प्रकाशित: २४ फागुन २०८२ १६:५३ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast