हङकङ पुगे देउवा दम्पती

हिमाल प्रेस ७ चैत २०८२ १७:२३ | Saturday, March 21, 2026
34
SHARES
हङकङ पुगे देउवा दम्पती

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।

सिंगापुरमा नियमित उपचार सकिएपछि देउवा पत्नी आरजु राणा देउवाका साथ हङकङ गएका हुन्।

सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएको देउवाको सचिवालयले जनाएको छ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर उनको नेपाल फर्कने कार्यक्रम तय भएको सचिवालयको भनाइ छ।

देउवा फागुन १३ गते राति स्वास्थ्य उपचारका लागि नेपालबाट सिंगापुर गएका थिए। उनी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भागसमेत लिएका थिएनन्।

प्रकाशित: ७ चैत २०८२ १७:२३ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast