जेनजी आन्दोलनमा घरमा भेटिएको रकमको अनुसन्धानका लागि पक्राउ परे दीपक खड्का [जाहेरी पत्रसहित]

हिमाल प्रेस १५ चैत २०८२ १०:३० | Sunday, March 29, 2026
12
SHARES
जेनजी आन्दोलनमा घरमा भेटिएको रकमको अनुसन्धानका लागि पक्राउ परे दीपक खड्का [जाहेरी पत्रसहित] दीपक खड्का/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री दीपक खड्का केहीबेरअघि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले महाराजगन्जबाट उनलाई पक्राउ गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार खड्का घरबाटै पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न जारी गरिएको जाहेरी पत्रमा भनिएको छ,‘ सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले पौजदारी कार्यविधि संहिता…’मा भनिएको छ।

गृहमन्त्री सुदन गुरुङका अनुसार जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमको सम्बन्धमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।’ गृहमन्त्री गुरुङले भनेका छन्।

प्रकाशित: १५ चैत २०८२ १०:३० | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast