काठमाडौँ- कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो विवरण अनुसार उनले २८ हजार ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री नारायण प्रकाश (एनपी) साउँदले नौ हजार ३३० मत प्राप्त गरेका छन्।
बोहरा साउदभन्दा १९ हजार ६८६ मतले अगाडि छन्।
प्रकाशित: २३ फागुन २०८२ १३:४८ | Saturday, March 7, 2026
प्रतिक्रिया





