दाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।
घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले पाँच हजार ९७४ मत प्राप्त गरेका छन्।
त्यसै गरी नेकपा (एमाले) का शंकर पोख्रेलले घिमिरेलाई पछ्याउँदै दुई हजार ४९४ मत र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले एक हजार ६०० मत प्राप्त गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ४० हजार ९६५ रहेकामा ८२ हजार ६२६ मत खसेको थियो। सो निर्वाचन क्षेत्रमा दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रकाशित: २२ फागुन २०८२ १९:४७ | Friday, March 6, 2026
प्रतिक्रिया





