इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

हिमाल प्रेस १६ चैत २०८२ १९:५८ | Monday, March 30, 2026
24
SHARES
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति फाइल तस्बिर

काठमाडौँ– इजरायली सेनाले इरानको रिभोलुसनरी गार्डसद्वारा तेहरानमा सञ्चालित एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनहरूमा, आईआरजीसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरूमध्ये एकमा हालै आक्रमण भएको छ। इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आईआरजीसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूका लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ।’

अमेरिकी–इजरायली आक्रमणमा दिवंगत भएका इरानका पूर्वसर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए।

इजरायली सेनाले भनेको छ, ‘युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो।

इजरायली सेनाले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ। सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले दाबी छ।

प्रकाशित: १६ चैत २०८२ १९:५८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast