जनज्योति बहुमुखी क्याम्पसमा रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु

हिमाल प्रेस २२ फागुन २०८२ ६:०४ | Friday, March 6, 2026
8
SHARES
जनज्योति बहुमुखी क्याम्पसमा रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु

रौतहट- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका-९ को इनर्वाटोलको मतपेटिका खुलेको छ।

मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ।

चारवटा पालिकाको ३० वटा वडा रहेको यस क्षेत्रमा ६० वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट देवप्रसाद तिमलसिना, नेकपा एमालेबाट रामजी साह, रास्वपाबाट गणेश पौडेल, नेकपाबाट रामकुमार भट्टराई, आजपाबाट ऋषि धमला, जसपाबाट राजकुमार दासले उमेदवार छन्।

राति सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार बिहानबाट मतगणना सुरु भएको हो।

प्रकाशित: २२ फागुन २०८२ ६:०४ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast