काठमाडौँ- सर्लाही-४ मा मतगणना सुरु भएको छ। नेपाली कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना सुरु भएको हो।
पहिलो चरणमा बलरा नगरपालिकाको मतगणना सुरु भएको छ। मतगणनाको प्रारम्भिक चरणमा कांग्रेसका सभापति थापा पछाडि परेका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेशकुमार सिंहले १ हजार ९०८ मत ल्याउँदा कांग्रेस सभापति थापाले ५३६ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रजनिस रायले ३७९ मत पाएका छन्।
प्रकाशित: २२ फागुन २०८२ १२:४७ | Friday, March 6, 2026
प्रतिक्रिया





