कांग्रेस १६ स्थानमा निर्वाचित : कर्णालीमा सबैभन्दा बढी चार, अन्य प्रदेशमा कति सिट?

हिमाल प्रेस २४ फागुन २०८२ १३:५१ | Sunday, March 8, 2026
58
SHARES
कांग्रेस १६ स्थानमा निर्वाचित : कर्णालीमा सबैभन्दा बढी चार, अन्य प्रदेशमा कति सिट?

काठमाडौँ-  प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ देशभरमा गरी नेपाली कांग्रेस १६ स्थानमा निर्वाचित भएको छ। त्यसमा सबैभन्दा बढी कर्णाली प्रदेशमा चारजना निर्वाचित भएका छन्।

कर्णाली प्रदेशमा कांग्रेसबाट सुर्खेत १ मा विष्णुबहादुर खड्का, दैलेख १ बासना थापा, जाजरकोटमा खडकबहादुर बुढा र हुम्लामा जयपति रोकाया निर्वाचित भएका हुन्।आयोगका अनुसार जारी मतगणनामा कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाहीले अगुवाइ गरिरहेका छन्।

यसैगरी कोशी र सुदूरपश्चिम प्रदेशबाट कांग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीनतीनजनाको प्रतिनिधित्व हुने भएको छ।

कोशी प्रदेशमा पाँचथरमा नरेन्द्रकुमार केरुङ, तेह्रथुममा सन्तोष सुम्बा र सोलुखुम्बु प्रकाशसिंह कार्की कांग्रेसबाट निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशको बाजुरामा जनकराज गिरी, अछाममा भरतकुमार स्वार र डोटीमा भरतबहादुर खड्का कांग्रेसबाट निर्वाचित भएका हुन्।

कांग्रेसबाट गण्डकी र लुम्बिनीमा भने दुईदुईजना निर्वाचित भएका छन्। गण्डकी प्रदेशको मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ र मुस्ताङबाट निर्वाचित योगेश गौचन थकाली कांग्रेसका हुन्।

लुम्बिनी प्रदेशको पाल्पा १ मा सन्दीप राना र कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह कांग्रेसबाट निर्वाचित भएका छन्। यसैगरी मधेश र बागमतीबाट कांग्रेसका एकएकजना निर्वाचित भए। मधेशको रौतहट २ मा मोहम्मद फिरदोस आलम र बागमती प्रदेशको रसुवामा मोहन आचार्य निर्वाचित भएका हुन्।

प्रकाशित: २४ फागुन २०८२ १३:५१ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast