सुर्खेत- दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले सुरुवाती अग्रता कायम गरेकी छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार थापाले ६०४ मत प्राप्त गरेकी छन्।
यस्तै नेकपा एमालेका रवीन्द्रराज शर्माले ५४९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ३३२ मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका अमरबहादुर थापाले ३३ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।
प्रकाशित: २२ फागुन २०८२ १२:०६ | Friday, March 6, 2026
प्रतिक्रिया





