निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न आयोगको निर्देशन

हिमाल प्रेस १८ फागुन २०८२ १७:२२ | Monday, March 2, 2026
14
SHARES
निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न आयोगको निर्देशन

काठमाडौँ- आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकेको जनाएको हो।

आचारसंहिताअनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म  (फागुन १८ गते राति १२ बजेदेखि २०८२ फागुन २१ गतेसम्म) विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था छ।

आयोगले यस अवधिमा विशेष गरी दफा १७ र दफा १८ मा उल्लेखित प्रावधानको प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको छ।

आयोगले जिल्लाभित्र सूक्ष्म अनुगमन गरी आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका गतिविधि भए/नभएको सुनिश्चित गर्न र उल्लंघन पाइएमा कानुनी अधिकार प्रयोग गरी कारबाही गर्न समेत निर्देशन दिएको छ।

यस कार्यमा जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गर्न पनि भनिएको छ।

आयोगले प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन तथा आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न/नगराउन सबै पक्षसँग हार्दिक अनुरोध गरेको छ।

प्रकाशित: १८ फागुन २०८२ १७:२२ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast