सीके राउत रास्वपाका रामजीसँग पराजित

हिमाल प्रेस २४ फागुन २०८२ १६:१० | Sunday, March 8, 2026
14
SHARES
सीके राउत रास्वपाका रामजीसँग पराजित

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरेका राउतलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवले पराजित गरेका हुन्। रामजीले २८ हजार ४०४ मत ल्याएर पहिलो हुँदा जनमत पार्टीका अध्यक्ष राउत ९ हजार ८८० मत प्राप्त गरेर तेस्रो भए।

२०७९ सालको निर्वाचनमा राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादव १४ हजार २३६ मत ल्याएर दोस्रो भए।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले ३ हजार ५५७ मत पाए। त्यस्तै नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० मत प्राप्त गरे।

प्रकाशित: २४ फागुन २०८२ १६:१० | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast