महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर

हिमाल प्रेस २८ फागुन २०८२ ६:३७ | Thursday, March 12, 2026
10
SHARES
महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ। सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा केन्द्रित रहेर अभिव्यक्ति दिएको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएको हो।

अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध बुधबार सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन्।

विघटित प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर बस्नेतले सर्वोच्च अदालतका न्यायाधीश लक्षित अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै मुद्दा दायर भएको हो। उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि पेसी तोकिएको छ।

प्रकाशित: २८ फागुन २०८२ ६:३७ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast