‘पहाड’ को गीत ‘मोहनी लगाउने’ मा विपीन कार्कीको र्‍याप

हिमाल प्रेस १० चैत २०८२ ११:५३ | Tuesday, March 24, 2026
16
SHARES
‘पहाड’ को गीत ‘मोहनी लगाउने’ मा विपीन कार्कीको र्‍याप

काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ को ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक भएको छ।

कमलपोखरीस्थित बिग मुभिजमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा अभिनेता विपीन कार्कीको र्‍याप सुन्न सकिन्छ। साथै नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीकाे नृत्य प्रस्तु गरिएकाे छ। गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्।

निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीत रञ्जित सिंह गजमेरको संगीतमा बनेको छ। गीत भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अस्मिता अधिकारीले गाएका छन्।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा फिल्म निर्देशनमा फर्किएका छन्। गीतले फिल्मको कथाको संकेत गरेको उनले बताए।

ग्रामीण परिवेशमा छायांकन गरिएको गीत नृत्यप्रधान र मिठासपूर्ण बनेको छ। गीतमा ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश छ।

आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुनेफिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यही फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामू ल्याएका छन्। यस्तै, फिल्मको प्राविधिकमा उनकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

यस्ताे छ गीत

प्रकाशित: १० चैत २०८२ ११:५३ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast