बालेनको फराकिलो अग्रता, ओली निकै पछाडि

हिमाल प्रेस २२ फागुन २०८२ १३:४८ | Friday, March 6, 2026
22
SHARES
बालेनको फराकिलो अग्रता, ओली निकै पछाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायम गरेका छन्।

ताजा मतपरिणाम अनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन्। यससँगै बालेन ओलीभन्दा ४ हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन्।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले १८५ मत, नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १२९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले १११ मत प्राप्त गरेका छन्।

झापा-५ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २२ फागुन २०८२ १३:४८ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast