इटहरी- सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक चौधरी निर्वाचित भएका छन्। चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरे।
नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले भने १५ हजार ८३ मत मात्र प्राप्त गरिन्। ०७९ को निर्वाचनमा भगवतीले गच्छदारलाई पराजित गरी निर्वाचित भएकी थिइन् ।

प्रकाशित: २४ फागुन २०८२ ७:३१ | Sunday, March 8, 2026
प्रतिक्रिया





