केन्द्रीय कारागारबाट भागेका एक थुनुवा पक्राउ

हिमाल प्रेस ६ चैत २०८२ २०:१२ | Friday, March 20, 2026
4
SHARES
केन्द्रीय कारागारबाट भागेका एक थुनुवा पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकास रुम्बालाई आज (शुक्रबार) पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई बालाजुबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उनले जानकारी दिए।

प्रकाशित: ६ चैत २०८२ २०:१२ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast