काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् सर्लाही ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले मतान्तर झन्डै ६ हजार पुर्याएका छन्। बिहान ९ः५० बजेको अद्यावधिक तथ्यांकअनुसार रास्वाप उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले ८ हजार ४६२ मत ल्याएका छन्।
त्यहाँ ७७ हजार ९३१ कुल खसेको मतमध्ये २९ हजार ४०९ मत गणना भएको छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अमनिश यादले २ हजार २६१ मत ल्याएका छन्।
प्रकाशित: २३ फागुन २०८२ १०:४२ | Saturday, March 7, 2026
प्रतिक्रिया





