पश्चिम एसिया युद्धका कारण ग्यास संकट पर्ने देखेपछि निगमले भन्यो : बिजुलीको खपत बढाउनुहोस्

हिमाल प्रेस २८ फागुन २०८२ ९:३६ | Thursday, March 12, 2026
14
SHARES
पश्चिम एसिया युद्धका कारण ग्यास संकट पर्ने देखेपछि निगमले भन्यो : बिजुलीको खपत बढाउनुहोस्

काठमाडौँ- नेपाल आयल निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको छ। उपभोक्ताहरुले ग्याँस नपाएर हैरानी ब्यहोर्नु परेको अवस्थामा निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो।

निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही सुरक्षात्मक प्रबन्ध गर्न जरुरी रहेको निगमले स्पष्ट पारेको छ।

अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिइ ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिण्डरको बजारीकरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

‘औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए तापनि मध्यपूर्वमा देखिएको समस्याका कारण विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक परिणाममा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध छ।’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पछिल्लो समय पश्चिम एसिया/मध्य पूर्व तनावका कारण खाना पकाउने ग्यासको अभाव हुने देखिएको छ। यही कारण निगमले विजुलीको प्रयोग बढाउन अनुरोध गरेको हो।

प्रकाशित: २८ फागुन २०८२ ९:३६ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast