७५ लाख समानुपातिक मत गन्दा रास्वपाले ल्यायो झन्डै ४९ प्रतिशत मत, हर्कको पार्टी पनि ‘थ्रेस होल्ड’माथि

हिमाल प्रेस २५ फागुन २०८२ ६:३४ | Monday, March 9, 2026
66
SHARES
७५ लाख समानुपातिक मत गन्दा रास्वपाले ल्यायो झन्डै ४९ प्रतिशत मत, हर्कको पार्टी पनि ‘थ्रेस होल्ड’माथि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३६ लाख ७८ हजार ५५३ मतसहित अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.४६ प्रतिशत हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३।८३ प्रतिशत हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.११ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ३९ हजार ५२९ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५९ हजार ५८ मत पाएको छ। यो कूल सदर मतको ३।४१ प्रतिशत हो ।

श्रम संस्कृति पार्टीले पनि ३।१८ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ४१ हजार १६५ मत छ । ३ प्रतिशत मत कटाएमा थ्रेस होल्ड कट्नेछ र समानुपातिक सांसद पाइनेछ।

 

प्रकाशित: २५ फागुन २०८२ ६:३४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast