अफताव आलमका छोरा फिरदोश रौतहट २ मा विजयी, बने कांग्रेस मधेशका एक्ला सांसद

हिमाल प्रेस २४ फागुन २०८२ ६:५३ | Sunday, March 8, 2026
14
SHARES
अफताव आलमका छोरा फिरदोश रौतहट २ मा विजयी, बने कांग्रेस मधेशका एक्ला सांसद C

काठमाडौँ- रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका स्वर्गीय अफताव आलमका छोरा फिरदोशले २९ हजार ५ सय २८ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरण कुमार साहले १८ हजार ४ सय ४२ मत प्राप्त गरे । आलम र साहबीचको मतान्तर ११ हजार ८६ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३ सय २५ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गरे । जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९ सय ६० मत ल्याए भने नेकपा एमालेका उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३ सय ८२ मत प्राप्त गरे । आम जनता पार्टीका उम्मेदवार श्रीभगवान राउत कुर्मीले १ हजार ८ सय २५ मत प्राप्त गरेका छन् । मधेश प्रदेशमा विजयी हुने एक मात्र कांग्रेस नेता आलाम हुन्। उनीबाहेक अन्य कुनै कांग्रेस उम्मेदवार मधेशमा विजयी भएनन्।

 

प्रकाशित: २४ फागुन २०८२ ६:५३ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast