सुर्खेत– कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको छ। कर्णाली प्रदेशमा अहिले १ बजे सम्म ३०.७ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म प्रदेशका १२ निर्वाचन क्षेत्रमा कुल १० लाख ३७ हजार २५० मतदाता मध्ये ३ लाख १८ हजार ३०२ मत खसेको प्रदेश निर्वाचन कार्यलय सुर्खेतले जनाएको छ।
सुर्खेत क्षेत्र १ मा ३०. ७२ प्रतिशत र क्षेत्र २ मा ३१.५३ प्रतिशत, दैलेख क्षेत्र १ मा २१.९१ प्रतिशत र क्षेत्र २ मा १६.८३ प्रतिशत,जाजरकोटमा ३४.०२ प्रतिशत, सल्यानमा ३३.५७ प्रतिशत,रुकुम पश्चिममा ३४.५३ प्रतिशत,कालिकोटमा २६.७९ प्रतिशत, जुम्लामा ३१.२० प्रतिशत, मुगुमा ३७.५५ प्रतिशत, डोल्पामा ३४.०५ प्रतिशत र हुम्लामा ४३.७२ प्रतिशत मतदान भएको छ।
प्रदेशभर बिहान ७ बजेदेखि हालसम्म मतदान मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी भइरहेको जनाइएको छ।






