बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

हिमाल प्रेस २५ फागुन २०८२ १९:५० | Monday, March 9, 2026
32
SHARES
बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ- काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज (सोमबार) एक महिलाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१३, बाफलस्थित सडकमा बाप्र ०२-०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ फागुन २०८२ १९:५० | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast