रौतहटमा करेन्ट लागेर ८४ वर्षीयाको निधन

हिमाल प्रेस ९ चैत २०८२ ७:०१ | Monday, March 23, 2026
2
SHARE
रौतहटमा करेन्ट लागेर ८४ वर्षीयाको निधन

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्रपुर नगरपालिका–८ वसन्तपुरस्थित आफ्नी छोरीज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन्।

आइतबार दिउँसो करिब १२ बजे मटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि चपुरस्थित अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रूपेशकुमार झाको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

शव परीक्षणका लागि सरकारी अस्पताल चपुर पठाइएको र पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।यस घटनापछि प्रहरीले घरायसी विद्युतीय उपकरण तथा पानीसँग सम्बन्धित संरचनामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्लो समय जिल्लामा करेन्ट लाग्ने घटनामा वृद्धि देखिएकाले विद्युत् सुरक्षामा सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित: ९ चैत २०८२ ७:०१ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast