कास्कीमा खस्यो ६० प्रतिशत मत

हिमाल प्रेस २१ फागुन २०८२ १५:५६ | Thursday, March 5, 2026
8
SHARES
कास्कीमा खस्यो ६० प्रतिशत मत

पोखरा- कास्कीमा करिब ६० प्रतिशत मत खसिसकेकाे छ। बिहीबार दिउँसो साढे ३ बजेसम्म कास्कीमा करिब ६० प्रतिशत मत खसेकाे प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए।

कास्कीमा २ अस्थायीसहित कुल ३६५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले जानकारी दिए। यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन्।

मतदाता संख्या कुल ३ लाख ८ हजार ५७२ जना छन्। तीमध्ये २ हजार ८६१ जना अस्थायी मतदाता हुन्।

प्रकाशित: २१ फागुन २०८२ १५:५६ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast