बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ बेपत्ता

हिमाल प्रेस २ चैत २०८२ १३:१७ | Monday, March 16, 2026
8
SHARES
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ बेपत्ता

सुर्खेत- बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका—८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका(२ का आसे महतराले उक्त घटनाबारे प्रहरीकहाँ जानकारी गराएका थिए । उनले आफ्नो साला नाता पर्ने ३३ वर्षीय टोपबहादुर खत्रीसहित फागुन २३ गते सिकार खेल्ने गएको तर अहिलेसम्म नफर्केको भनेका थिए ।

महतराका अनुसार उनीहरु फागुन २३ गते गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए । ‘सँगै गएकामध्ये सुनिल समसेलीको आमाले टोपबहादुर खत्रीको मृत्यु भएको भनेर आसे महतराले प्रहरी चौकी रानीघाटमा सोमबार बिहान मात्रै जानकारी गराएकी छन्,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने । यद्यपि यसबारे यकिन भइनसकेको उनको भनाई छ ।

अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रकाशित: २ चैत २०८२ १३:१७ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast