दुबईबाट उद्धार उडानमार्फत २७२ जनालाई स्वदेश ल्याइयो

हिमाल प्रेस २९ फागुन २०८२ १०:१३ | Friday, March 13, 2026
दुबईबाट उद्धार उडानमार्फत २७२ जनालाई स्वदेश ल्याइयो फाइल तस्बिर।

काठमाडौँ- सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ। दुबई विमानस्थलमा अलपत्र परेका २७२ नेपालीलाई बिहीबार विशेष उद्धार उडानमार्फत स्वदेश ल्याइएको निगमका प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए।

काठमाडौं एयरपोर्टमा अलपत्र परेका २६० यात्रीलाई विशेष उद्धार उडानको उक्त विमानमार्फत दुबई विमानस्थलसम्म पुर्‍याइएको थियो।

आज पनि यहाँबाट २६७ यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्नेछ । त्यहाँबाट १६४ नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए । यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध छ । सोही कारण उद्धार उडान थालिएको हो ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द गरिएको हो। रासस

प्रकाशित: २९ फागुन २०८२ १०:१३ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast