काठमाडौँ- देशका विभिन्न स्थानबाट लागु औषधसहित २१ जना पक्राउ परेका छन्। प्रहरी गरेको नियमित गस्तीका क्रममा काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट २१ जना पक्राउ परेका हुन्।
उनीहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान जारी छ।
प्रकाशित: २९ फागुन २०८२ १०:३९ | Friday, March 13, 2026
प्रतिक्रिया





