यातायात कार्यालय एकान्तकुनाबाट समातिए १५ बिचौलिया

हिमाल प्रेस १६ चैत २०८२ १९:५४ | Monday, March 30, 2026
20
SHARES
यातायात कार्यालय एकान्तकुनाबाट समातिए १५ बिचौलिया

काठमाडौँ- यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई बिचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज (सोमबार) ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो।

ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ। उनीहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: १६ चैत २०८२ १९:५४ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast