पोखरामा बिनापासका ११३ सवारीसाधन नियन्त्रणमा

हिमाल प्रेस २१ फागुन २०८२ १२:२७ | Thursday, March 5, 2026
10
SHARES
पोखरामा बिनापासका ११३ सवारीसाधन नियन्त्रणमा

पोखरा- प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन बिहीबार पोखराका विभिन्न ठाउँबाट प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ।

बिनापास हिँडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले १२ बजेसम्म ११३ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये १०७ दुईपाङ्ग्रे सवारीसाधन र ६ वटा चारपाङ्ग्रे सवारीसाधन हुन्।

कास्कीमा बिहान ७ बजेदेखि सुरु भएको मतदान भने शान्तिपूर्ण रुपमा भइरहेको छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा कुल ३६५ मतदान केन्द्र छन्।

प्रकाशित: २१ फागुन २०८२ १२:२७ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast