नाबालिका बलात्कारको आरोपमा दुई पक्राउ

हिमाल प्रेस २८ फागुन २०८२ १३:२५ | Thursday, March 12, 2026
8
SHARES
नाबालिका बलात्कारको आरोपमा दुई पक्राउ प्रतीकात्मक तस्बिर।

महेन्द्रनगर- एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताए। ‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ’, प्रहरी निरीक्षक थापाले भने, ‘जंगलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो।’ रासस

प्रकाशित: २८ फागुन २०८२ १३:२५ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast