श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
काठमाडौँ– सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विज्ञप्ति जारी गरी कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
‘मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकार भएका सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
विभागले स्वीकृत मापदण्डअनुसार नभएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। सरोकार भएकाहरूको जानकारीका लागि उक्त मापदण्ड विभागको वेबसाइटमा समेत उपलब्ध रहेको विभागले जनाएको छ।
प्रकाशित: १६ चैत २०८२ १९:१३ | Monday, March 30, 2026
प्रतिक्रिया




