‘कमेडी नाइट विथ च्याम्पियन्स’ को नयाँ ट्रेलरप्रति ‘जेनजेड रेड फोर्स नेपाल’ संगठनले किन जनायाे आपत्ति?

हिमाल प्रेस ११ फागुन २०८२ ११:३५ | Monday, February 23, 2026
26
SHARES
‘कमेडी नाइट विथ च्याम्पियन्स’ को नयाँ ट्रेलरप्रति ‘जेनजेड रेड फोर्स नेपाल’ संगठनले किन जनायाे आपत्ति?

काठमाडौँ- कमेडी रियालिटी सो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को नयाँ ट्रेलरप्रति जेनजी संगठन ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ ट्रेलर आपत्ति जनाएको छ।

ट्रेलरमा नेतृ रेणु दाहालको चरित्रचित्रणमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति गरिएको व्यंग्य प्रश्न र त्यसको उत्तरप्रति उक्त समुहले एक विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएको हो।

ट्रेलरमा कार्यक्रम सञ्चालक विशाल भण्डारीले रेणु दाहालको चरित्रमा देखिएकी सुयसा खनाललाई ‘तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो?’ भन्ने प्रश्न गर्छन्। उनले जवाफमा ‘आफैँले सुरू गरेको पार्टी आफैँले सक्काउनुभयो’ भनेर बोलेकी छन्।

यस्तो व्यंग्यले प्रचण्डको राजनीतिक योगदान, त्याग र ऐतिहासिक भूमिकालाई अवमूल्यन गरेको संगठनको ठहर छ। प्रचण्डले हरेक विषम परिस्थितिमा देशलाई निकास दिएको र देशको स्थायित्वका लागि पार्टीभन्दा माथि उठेर काम गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रचण्डले विदेशी शक्तिको दबाबका बीच राष्ट्रिय स्वाधीनताको रक्षा गर्न प्रचण्डले निरन्तर भूमिका निर्वाह गरेको बताइएको छ।

आफूहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र हास्यव्यंग्य कलाकारहरूको पेशागत चुनौती बुझेको भए तापनि सार्वजनिक व्यक्तित्वका विषयमा प्रस्तुति दिँदा ऐतिहासिक योगदान र संवेदनशील पक्षप्रति न्यूनतम सम्मान हुनुपर्ने उनीहरूकाे भनाइ छ।

संगठनले कमेडी नाइट विथ च्याम्पियन्स टिमलाई आगामी दिनमा आदरणीय नेतृत्वप्रति टिप्पणी गर्दा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र त्यसका लागि भएको संघर्षलाई स्मरण गर्दै सन्तुलित र जिम्मेवार ढंगले प्रस्तुत हुन समेत आग्रह गरेको छ।

कार्यक्रमको नयाँ एपिसोडमा टिमले नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतलाई अतिथि बनाएको छ।

‘जेनजेड रेड फोर्स नेपाल’ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरूको संगठन हो।

 

प्रकाशित: ११ फागुन २०८२ ११:३५ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast