पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, काठमाडौँमा असिनापानी

हिमाल प्रेस १२ फागुन २०८२ १५:५७ | Tuesday, February 24, 2026
20
SHARES
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय, काठमाडौँमा असिनापानी

काठमाडौँ- पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै काठमाडौँको जर्सिनपौवा, मातातीर्थलगायतका क्षेत्रमा भारी असिनापानी परेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझसम्म उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

मौसमविद् विभूती पोखरेलले माथिल्लो वायुमण्डलमा विकसित भएको यो प्रणाली साँझपछि कमजोर हुँदै जाने र मौसममा क्रमिक सुधार आउने जानकारी दिइन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षाको पूर्वानुमान गरिएको छ भने तराईका जिल्लाहरूमा बिहीबार बिहानसम्म हुस्सु र कुहिरो लाग्ने देखिएको छ।

मौसममा आएको यस परिवर्तनले हवाई र सडक यातायातमा सामान्य असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १२ फागुन २०८२ १५:५७ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast