मानवीय सहयोगका लागि यूएई सदा तत्पर छ : राजदूत शाम्सी

हिमाल प्रेस १३ फागुन २०८२ २०:१४ | Wednesday, February 25, 2026
28
SHARES
मानवीय सहयोगका लागि यूएई सदा तत्पर छ : राजदूत शाम्सी

काठमाडौँ- नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत संकटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताएका छन्।

मुसलमानहरूको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास : मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा आज (बुधबार) यहाँ  आयोजित कार्यक्रमा उनले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिए।

साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सेवामा लगाएको बताए।

प्रकाशित: १३ फागुन २०८२ २०:१४ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast