त्रिशूली बस दुर्घटना अपडेट : मृतक १७ जनामा ११ पुरुष र ६ महिला, विदेशीको पनि शव फेला

हिमाल प्रेस ११ फागुन २०८२ ८:३२ | Monday, February 23, 2026
34
SHARES
त्रिशूली बस दुर्घटना अपडेट : मृतक १७ जनामा ११ पुरुष र ६ महिला, विदेशीको पनि शव फेला धादिङमा दुर्घटनाग्रस्त बस। तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ७ चरौदीनजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित: ११ फागुन २०८२ ८:३२ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast