धादिङमा दुर्घटनाग्रस्त बस। तस्बिर : सशस्त्र प्रहरी
काठमाडौँ- पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइते भएकाको संख्या २८ पुगेको छ। गएराति धादिङस्थित त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु भएको थियो। तर यसअघि २५ घाइते भनिएकोमा अहिले बढेर २८ पुगेको छ।
सशस्त्र प्रहरी बलका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भएको र घाइतेको संख्या २८ पुगेको छ। घाइतेको भने सनाखत भइसकेको छ।
घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको छ। बसमा जम्मा ४५ यात्री थिए। पोखराबाट ४३ जना चढेको र मुग्लिनमा २ वा ३ जना यात्री थपिएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको सशस्त्रले जनाएको छ।

प्रकाशित: ११ फागुन २०८२ ७:०० | Monday, February 23, 2026
प्रतिक्रिया





