काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ।
हिजो सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । यस अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको हो। आज सुन प्रतिदश ग्राम २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ। हिजो प्रतिदश ग्राम २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।
चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रहेको थियो । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।
प्रकाशित: १२ फागुन २०८२ ११:१३ | Tuesday, February 24, 2026
प्रतिक्रिया





